बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सानिमा बैंकको १७ औं साधारण सभा सम्पन्न

सोमबार, कार्तिक १५ २०७८

काठमाडौँ l सानिमा बैंक लिमिटेडले कार्तिक १४ गते आईतबारका दिन १७ औं वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न गरेको छ । कोभिड १९ भाइरसको संक्रमणलाई ध्यानमा राख्दै सुरक्षा सावधानीका उपायहरु अपनाइ शेयरधनीहरुको उपस्थितिमा बैठक सम्पन्न गरिएको बैंकले जानकारी दिएको छ । साथै अधिकतम शेयरधनीहरुको उपस्थितिको लागि भर्चुअल माध्यमको व्यवस्था पनि बैकले गरेको थियो । 

बैंकका अध्यक्ष विनयकुमार श्रेष्ठको अध्यक्षतामा भएको उक्त सभाले संचालक समितिले प्रस्ताव गरे अनुसार हालको चुक्ता पुजीको १७ प्रतिशत बोनस शेयर र ०.८९४७ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।

संस्थापक समूहको तर्फबाट संचालक समितिमा तुक प्रसाद पौडेल, श्रीमती गायत्री थापा र डा. केशव प्रसाद आचार्य १७ औं वार्षिक साधारण सभाबाट सर्वसम्मतरुपमा निर्वाचित भएकाछन । बैंकका अनुसार तुक प्रसाद पौडेल र श्रीमती गायत्री थापा भने पुःननिर्वाचित भएका हुुन । 

आर्थिक बर्ष २०७७÷७८ मा रु. २.३२ अर्ब खुद मुनाफा गरेको बैंकको कुल सम्पत्ति रु. १६०.७५ अर्ब, कुल निक्षेप रु. १३०.८८ अर्ब तथा खुद कर्जा सापटी रु १२३.१७ अर्ब रहेको छ ।

आर्थिक वर्ष २०७६÷७७को तुलनामा निक्षेप, कर्जा सापटी र कुल सम्पत्तिमा क्रमश १८.८८, ३१.४५ र २७.२६ प्रतिशतले बृद्धि गरेको छ ।