काठमाडौँ l माछापुच्छ्रे बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासिक अवधिमा ५६ करोड १५ लाख ३६ हजार छ सय १८ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा ३६ करोड ९० लाख नौ हजार सात रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुंजी नौ अर्ब पाँच करोड ३० लाख ९४ हजार पाँच सय ८१ रुपैयाँ रहेको बैंकले चालु आवको पहिलो त्रैमासमा एक खर्ब ३० अर्ब ६४ करोड १० लाख २९ हजार छ सय ७२ रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब २७ अर्ब १४ करोड ९९ लाख आठ हजार एक सय २१ रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
सो अवधिमा एक अर्ब २६ करोड ८७ लाख ३३ हजार चार सय ३४ रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा शुन्य दसमलव ५० प्रतिसत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा तीन दसमलव ३८ प्रतिसत स्प्रेड दर रहेको बैकको कुल बितरणयोग्य नाफा भने एक अर्ब ४५ करोड ९० लाख रुपैयाँ रहेको छ ।
गत आवको सोही अवधिमा भने बैंकले एक खर्ब ३१ अर्ब ६१ करोड ७९ लाख ६४ हजार छ सय १७ रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब १३ अर्ब ५७ करोड २० लाख नौ हजार नौ सय ३९ रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।
उक्त अवधिमा ९५ करोड ५३ लाख ९१ हजार आठ सय १० रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा शुन्य दसमलव ४२ प्रतिसत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर चार दसमलव ३३ प्रतिसत रहेको थियो ।