काठमाडौँ l एनएमबी बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासिक अवधिमा एक अर्ब चार करोड ४४ लाख ३७ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।
गत आवको सोही अवधिमा भने बैकले यस्तो नाफा ७३ करोड २९ लाख ७० हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुंजी १६ अर्ब ३२ करोड ५९ लाख ६१ हजार रुपैयाँ रहेको बैंकले चालु आवको पहिलो त्रैमासमा एक खर्ब ७३ अर्ब ४६ करोड ६६ लाख दुुई हजार रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ६५ अर्ब ५७ करोड ३७ लाख ६६ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
सो अवधिमा एक अर्ब ४२ करोड २० लाख ५५ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा एक दसमलव ८५ प्रतिसत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा तीन दसमलव दुई प्रतिसत स्प्रेड दर रहेको बैंकको बितरणयोग्य नाफा भने ४५ करोड ८४ लाख ५२ हजार रुपैयाँँ रहेको छ ।
गत आवको सोही अवधिमा भने बैंकले एक खर्ब ६४ अर्ब ४८ करोड ९२ लाख ८६ हजार रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ५१ अर्ब एक करोड ४१ लाख २४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।
उक्त अवधिमा एक अर्ब ३५ करोड ७१ लाख ६० हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा दुई दसमलव २६ प्रतिसत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर चार दसमलव ३८ प्रतिसत रहेको थियो ।