शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

ग्लोवल आईएमई बैंकले मार्यो व्यवसायीक छलाङ

सोमबार, कार्तिक १५ २०७८

निक्षेप तथा कर्जामा उच्च बृद्धि, पहिलो त्रैमासमा नै कमायो एक अर्ब ११ करोड रुपैयाँ खुद मुनाफा

काठमाडौँ l ग्लोवल आईएमई बैंक ग्लोवल आईएमई बैंकले मार्यो व्यवसायीक छलाङ मारेको छ । बैकले चालु आर्थिक बर्षको पहिलो तीन महिनामा नै एक अर्ब ११ करोड २२ लाख २४ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ ।

गत आवको सोही अवधिमा भने बैंकले एक अर्ब पाँच करोड ८८ लाख ४० हजार रुपैयाँ खुद मुनाफा कमाएको थियो । 

बैंकको हाल चुक्ता पुंजी २१ अर्ब ६३ करोड २५ लाख तीन हजार रुपैयाँ रहेको छ । बैकले चालु आवको पहिलो तीन महिनाामा दुई खर्ब ६७ अर्ब ६६ करोड पाँच लाख ४४ हजार रुपैयाँ निक्षेप संकलन गरी दुई खर्ब ५१ अर्ब ५१ करोड २० लाख ९७ हजार रुपैयाँ कर्जा प्रवाह गर्न सफल भएको छ ।

सो अवधिमा दुई अर्ब ३३ करोड ८९ लाख ७७ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा एक दसमलव ४९ प्रतिसत कर्जा निष्क्रिय रहेको छ । 

बैंकले गत आवको सोही अवधिम भने दुई खर्ब ६८ अर्ब ४३ करोड ३७ लाख ९२ हजार रुपैंयाँ निक्षेप संकलन गरी दुई खर्ब २८ अर्ब ८९ करोड ३९ लाख ७८ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

उक्त अवधिमा दुई अर्ब ५९ करोड ३६ लाख नौ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकको एक दसमलव ८३ प्रतिसत कर्जा निष्क्रिय रहेको थियो ।