काठमाडौँ l गरिमा विकास बैंकले आउँदै गरेको तिहारलाई लक्षित गरि डिजिटल बैकिङ्गलाई प्रोत्साहन गर्न ‘ट्रान्सफरमा छ फाईदा ट्रिपल’ नामक अभियान लिएर आएको छ ।
फोन पे ले लेराएको आईबिएफटि केन्द्रित ‘झट्ट ट्रान्सफर चट्ट कार २.०’ सँग प्रेरित रहि डिजिटल बैकिङ्गलाई प्रोत्साहन तथा प्रबद्र्धन गर्न गरिमा विकास बैंकले यो अभियान लिएर आएको हो ।
यस अभियानमा हरेक दिन गरिमा स्मार्टबाट आईबिएफटि मार्फत पैसा पठाउने १ भाग्यशाली सेवाग्राहीले दैनिक पाँच सय रुपैयाँ जित्न सक्नेछन ।
कात्तिक १५ देखि पौष १६ गते सम्मचल्ने यस अभियानका साप्ताहिक विजेताको घोषणा हरेक आईतबार बेलुका गरिमा विकास बैंकको सबै सामाजिक संजालबाट गरिने बैकले जानकारी दिएको छ ।