बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

प्रदेश सरकार धमाधम भत्किदै, प्रदेश एकमा पनि आज नयाँ सरकार

सोमबार, कार्तिक १५ २०७८

काठमाडौं । एक नम्बर प्रदेशमा मुख्यमन्त्री भीम आचार्यले आज  विश्वासको मत लिँदै छन् । एमाले विभाजन भएका कारण आचार्यले मत लिन लागेका हुन् ।

कार्तिक ७ गते नै विश्वासको मत लिनु पर्ने भएपनि दलहरुको अनुरोधमा बैठक आजका लागि सारिएको थियो । केन्द्रमा गठबन्धन समीकरण परिवर्तन भएपछि गण्डकी, लुम्बिनी र बागमतीमा एमालेले प्रदेश सरकार गुमाइसकेको छ ।

प्रदेश एकमा पनि काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, संयुक्त लोकतान्त्रिक राष्ट्रिय मन्चले गठबन्धन गरेका कारण आचार्य पराजित हुने सम्भावना छ । गठबन्धन दलले एकीकृत समाजवादीका सांसद राजेन्द्र कुमार राईलाई मुख्यमन्त्रीमा प्रस्ताव गरेका छन्।

प्रदेश १ का ९२ सांसदमा सत्ताधारी एमालेका ४१ सांसद छन् । विपक्षी गठबन्धनसँग ५० सांसद छन ।

विश्वासको मत लिन मुख्यमन्त्री आचार्यलाई ६ मत अपुग देखिएको छ ।

एक सिट भएको राप्रपाले भने अहिलेसम्म कसलाई समर्थन गर्ने भन्ने निर्णय गरेको छैन ।