काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा न्युजिल्यान्डले सानदार जित निकालेको छ । दुबईमा गएराति भएको खेलमा न्युजिल्यान्डले भारतलाई ८ विकेटले पराजित गरेको हो ।
भारतले दिएको १ सय ११ रनको लक्ष्य न्युजिल्यान्डले १४ ओभर ३ बलमा मात्र २ विकेट गुमाएर भेट्टायो । न्युजिल्यान्डका लागि डार्य्ल मिचेलले सर्वाधिक ४९ रनको योगदान दिए भने कप्तान केन विलियम्सनले अविजित ३३ रन बनाए । यस्तै, मार्टिन गुप्टीले २० रन जोडे । भारतका जस्प्रित बुम्राहले २ विकेट लिए ।
यस अघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ७ विकेट गुमाएर १ सय १० रन बनाएको थियो ।
जितसँगै समूह २ को न्युजिल्यान्डले २ खेलमा २ अङ्क जोडेर समूहको तेस्रो स्थानमा पुगेको छ ।
अहिलेसम्म दुई खेलमा दुवैमा हार बेहोरेको भारतले भने कुनै पनि अङ्क जोड्न सकेको छैन। भारत पाँचौँ स्थानमा छ ।