शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

विभिन्न धनमाल चोरी

सोमबार, कार्तिक १५ २०७८

काठमाडौं l काठमाडौं महानगरपालिका–१३ टंकेश्वर डेरा गरी बस्ने रौतहट राजदेवी नगरपालिका–३ घर भएका ४२ वर्षीय राम प्रसाद श्रीवास्तवको कोठाबाट करिब ३ लाख ३७ हजार रुपैयाँ बराबरको सुन तथा चाँदीका विभिन्न गहना शुक्रबार दिउँसो चोरी भएको छ । 

यसैगरी काठमाडौंको टोखा नगरपालिका–३ रमाईलो डाँडा बस्ने कुमार शाहको घरबाट १ थान टेलिभिजन र सुनका विभिन्न गहना समेत गरी करिब ४ लाख ८१ हजार रुपैयाँ बराबरको धनमाल शुक्रबार राति चोरी भएको छ । 

चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ नजिकको प्रहरी कार्यालयबाट खटिएको प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।