शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

ट्युसन जाने किशोरीलाई बाटो ढुकी करणी

सोमबार, कार्तिक १५ २०७८

पर्सा l १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा वीरगंज महानगरपालिका–२१ बस्ने २० वर्षीय बिकर ठाकुर हजाम र सोही ठाउँ बस्ने २५ वर्षीय अनिल महतो कोइरी रहेका छन् । 

ती किशोरी ट्युसन पढ्न जाने क्रममा कात्तिक ९ गते बिहान उनीहरुले बाटो ढुकी जबरजस्ती तानेर फोटो स्टुडियोभित्र लगी  जबरजस्ती करणी उद्योग गरेको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरु उपर जबरजस्ती करणी उद्योग कसूरमा जिल्ला अदालत पर्साबाट ७ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।