शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

चितुवाको छाला र हड्डी सहित तीन जना पक्राउ 

सोमबार, कार्तिक १५ २०७८

बाँके l कोहलपुर नगरपालिका–११ स्थित सागर गेष्ट हाउसको कोठा नम्बर २०५ बाट १ थान चितुवाको छाला र १ किलो ४० ग्राम हड्डी सहित ३ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरुमा राप्ती सोनारी गाउँपालिका–९ ढकेरी बस्ने ३५ वर्षीय हिरासिह बिक, सुर्खेत पंचपुरी नगरपालिका–७ बस्ने २४ वर्षीय रमेश वयक र सोही ठाउँ बस्ने २८ वर्षीय बसन्त बिसी रहेका छन् । 

चितुवाको छाला ओसारपसार भइरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले होटलमा बसेका उनीहरुलाई उक्त छाला र हड्डी सहित फेला पारी पक्राउ गरेको हो ।  उनीहरु उपर आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।