शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

चोरीपैठारीको लत्ताकपडा सशस्त्र प्रहरीद्धारा बरामद

सोमबार, कार्तिक १५ २०७८

काठमाडौं l सिरहा जिल्लाको औरही गाउँपालिका ५ स्थित सीमा ईलाकाबाट कार्तिक १३ गते सशस्त्र प्रहरीले करीव १ लाख १५ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।

भारतबाट अबैध रुपले ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट इट्टाटारबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो ।

यसैगरी सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश कलैयाबाट खटिएको सशस्त्र प्रहरीले कार्तिक १३ गते भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको करीव १ लाख १३ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बारा जिल्लाको फेटा गाउँपालिका २ स्थित सीमा ईलाकाबाट बरामद गरेको हो ।

बरामद लत्ताकपडा स्थानीय भन्सार कार्यालयमा बुझाईएको छ ।