शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

नबिल बैंक र पोखरा विश्वविद्यालयबिच सम्झौता

सोमबार, कार्तिक १५ २०७८

काठमाडौं l नबिल बैंक र पोखरा विश्वविद्यालयबिच सम्झौता भएको छ । बैंकले पोखरा विश्वविद्यालयसँग दिगो बैंकिङ अन्तर्गत उद्यमशीलता विकास र वित्तीय पहुँचको लागि सम्झौता गरेको हो ।  

सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र पोखरा विश्वविद्यालयको मानविकी र सामाजिक विज्ञान संकायका डिन डा. अजय थापाले हस्ताक्षर गरेकाछन ।

उक्त साझेदारीको मुख्य उद्देश्य बैंकले पोखरा विश्वविद्यालयको उद्यमशीलता विकासमा स्नातक कार्यक्रम अन्तर्गतका उद्यमशील परियोजना संचालन गरिरहेका उद्यमी विद्यार्थीहरुलाई कर्जा उपलब्ध गराई उद्यमशीलता विकास गर्ने रहेको बैकले जानकारी दिएको छ ।  

सम्झौता कार्यक्रममा बैकका प्रमुख कार्यकारी अधिकृत शाहले यस सम्झौताले नबिल बैंक र पोखरा विश्वविद्यालयको सम्बन्धमा नयाँ आयाम थपेको बताए ।