शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

पहिलो हाइ अल्टिच्युड रेस्लिङ प्रतियोगिता सम्पन्न, खेलकुदमन्त्री अथकद्धारा खेलाडीलाई पुरस्कार वितरण

सोमबार, कार्तिक १५ २०७८

काठमाडौँ l नेपालमा पहिलो पटक आयोजना गरिएको हाइ अल्टिच्युड रिङ रेस्लिङ प्रतियोगिता सम्पन्न भएको छ । दोलखाको चरिकोटस्थित फुटबल मैदानमा शनिबार भएको प्रतियोगितामा बिभिन्न ६ विधामा नेपाली रेस्लिङ खेलाडीहरु बिच प्रतिस्प्रर्धा भएको थियो ।

प्रतियोगितामा हेभी वेट च्याम्पियनको उपाधि चट्टानले उचालेकाछन । साविक विजेता नुवाकोटे टाइगरलाई हराउँदै चट्टान आरडब्लूको हेभी वेट च्याम्पियन बनेका हुन् । च्याम्पियन बनेका चट्टानले नगद १ लाख ५० हजार पुरस्कार सहित आरडब्लू बेल्ट प्राप्त गरेका छन । प्रतियोगिताको लाइट वेट म्याचको उपाधि सीजे वल्र्डले जिते । उनले उपाधि सहित ५० हजार रुपैयाँप्राप्त गरे । ट्याग टिम म्याचमाथगु र एक्स–हिरो संयुक्तरुपमा विजेताबने । उपाधि सहित दुवैले ७५ हजार रुपैयाँ प्राप्त गरे ।

लाइट हेभी वेट म्याचको च्याम्पियन डेभिड बने । साइनलाई हराउँदै उपाधि जितेका डेभिडले ५० हजार रुपैयाँ प्राप्त गरे । ट्रिपल थ्रेट हार्डकोरको विजेता द युभ बने । उनले १ लाख २० हजार रुपैयाँ प्राप्त गरे । रोयल ब्याटल म्याचमा साइन विजेता बने । उनले ४५ हजार रुपैयाँ प्राप्त गरे । बागमती प्रदेश खेलकुद विकास परिषद् र नेपाल रिङ रेस्लिङ संघले संयुक्तरुपमा पहिलो पटक हाइ अल्टिच्युड रेस्लिङ प्रतियोगिता आयोजना गरेका हुन् । 

कार्यक्रमका प्रमुख अतिथी युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज (अथक) ले उपाधि विजेता खेलाडीलाई पुरस्कार वितरण गर्नुभएको थियो । खेलाडीहरुको हौसला बढाउन चरिकोट पुगेकामन्त्री अथकले पुरस्कार बितरणका क्रममा खेलाडीहरुलाई थप लगनशिल भएर खेल क्षेत्रमा लाग्न प्रोत्साहन गर्नुभएको थियो । उहाँले नेपालमा पहिलो पटक संचालन भएको हाइ अल्टिच्युड रेस्लिङ प्रतियोगिताले खेलकुद क्षेत्रको विकासका साथै पर्यटन प्रवद्र्धनमा समेत टेवापुग्ने बताउनुभयो । 

खेलकुद गतिविधिको प्रभावकारी कार्यान्वयनका लागि प्रदेश र स्थानीयतहलाई अझ सक्रिय बनाउन आवश्यक रहेको बताउँदै मन्त्री अथकले प्रदेश खेलकुद परिषदको सक्रियता तारिफयोग्य रहेको भन्दै खुसी समेत व्यक्त गर्नुभयो । प्रदेश खेलकुद विकास परिषद् बागमतीका सदस्य सचिव सुर्यलाल भण्डारीले केन्द्र, प्रदेश र स्थानीयतहको सहकार्यबाट मात्र खेलकुद पर्यटनको विकास गर्न सकिने धारणा राख्नुभयो ।

नेपाल रिङ रेस्लिङ संघकी महासचिव सुवर्ण श्रेष्ठले आगामी दिनमा नेपालमै अन्तराष्ट्रियस्तरको हाइ अल्टिच्युड रेस्लिङ प्रतियोगिता संचालन गर्ने योजना रहेको बताउनुभयो ।