शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

बैंक अफ काठमाण्डूका ग्राहकहरुलाई सोवा हेल्थकेयर सेन्टरमा १५ प्रतिसतसम्म छुट

आइतबार, कार्तिक १४ २०७८

काठमाडौँ l बैंक अफ काठमाण्डू लिमिटेड र सोवा हेल्थकेयर सेन्टर बिच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड, मोबाइल बैंकिङ्ग तथा क्यूआर कोर्डको माद्यमबाट भुक्तानी गर्दा बैंकको ग्राहकहरुलाई १५ प्रतिसतसम्म छुट उपलब्ध गराउने सम्झौता भएको छ । 

यस सम्झौता पश्चात् ग्राहकहरुले सोवा हेल्थकेयर सेन्टरले प्रदान गर्ने इएम् बाहेका सम्पूर्ण स्वास्थ्य सम्बन्धि सेवाहरु उपभोग वापत बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्दा वास्तविक मुल्यको १५ प्रतिसतसम्म छुट पाउन सक्नेछन । सोवा हेल्थकेयर सेन्टरले जावलाखेल, ललितपुरबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुबिधाहरु प्रदान गर्दै आईरहेको छ ।   

बैकले ९१ शाखा कार्यालयहरु, ८१ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।