काठमाडौँ l एनएमबी बैंकले १५ दसमलव आठ प्रतिसत लाभांस बितरण गर्ने घोषणा गरेको छ ।
बैंकले गत आर्थिक बर्षको बितरणयोग्य रकमबाट हाल कायम रहेको चुक्ता पुंजी १६ अर्ब ३२ करोड ५९ लाख ६० हजार आठ सय ५२ रुपैयाँ मध्येबाट १२ दसमलव पाँच प्रतिसत बोनस सेयर र कर प्रयोजन समेतको लागि तीन दसमलव तीन प्रतिसत नगद समेत गरी उक्त अनुपातमा लाभांस बितरण गर्ने घोषणा गरेको हो ।
लाभांस बितरण सम्वन्धी निर्णय बैकको यही कार्तिक १२ गते बसेको सञ्चालक समितीको चार सय २७ औं बैठकले गरेको निर्णय नेपाल राष्ट्र बैंकको स्वीकृती एवं संस्थाको आगामी बार्षिक साधारण सभाबाट पारित भएपछि कार्यान्वयनमा आउने छ ।