काठमाडौँ l लुम्बिनी बिकास बैंंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासिक अवधिमा २१ करोड ३१ लाख ६४ हजार छ सय ३४ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने बैंकको यस्तो नाफा ११ करोड १७ लाख १९ हजार चार सय ७३ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुंजी दुई अर्ब ९० करोड ६४ लाख ५३ हजार पाँच सय ५० रुपैयाँ रहेको बैंकले चालु आवको पहिलो त्रैमासमा ३६ अर्ब ५५ करोड ४९ लाख ९९ हजार ४४ रुपैयाँ निक्षेप संकलन गरी ३२ अर्ब ३९ करोड ८० लाख २१ हजार ९२ रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
सो अवधिमा ३३ करोड ३६ लाख ६२ हजार सात सय २२ रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा एकब दसमलव ३१ प्रतिसत कर्जा निष्क्रिय रहेको छ भने स्प्रेड दर चार दसमलव चार प्रतिसत रहेको छ ।
गत आवको सोही अवधिमा भने बैंकले ३६ अर्ब ३७ करोड १४ लाख ६६ हजार रुपैयाँ निक्षेप संकलन गरी २९ अर्ब ६७ करोड ३५ लाख ३९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।
उक्त अवधिमा २४ करोड ९५ लाख ३५ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा दुई दसमलव ३६ प्रतिसत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर पाँच दसमलव १४ प्रतिसत रहेको थियो ।