काठमाडौं । कैलालीमा आपसी विवादमा आफ्नै साथीले छुरा प्रहार गरेर एकजनाको हत्या गरेका छन् । टीकापुरका स्थानीय १८ वर्षिय किरण साउदले भजनी नगरपालिकाका १८ वर्षिय अनुप साउदलाई सामान्य विवादहुँदा छुरा प्रहार गरेका थिए ।
साउदको छुरा प्रहारबाट गम्भिर घाइते भएका अनुपको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । समान्य विषयमा विवाद हुदा किरणले आवेशमा आएर अनुपलाई छुरा प्रहार गरेको बताएका छन् ।
प्रहरीका अनुसार छुरा प्रहारबाट गम्भीर घाइते भएका अनुपको उपचारका क्रममा राती नै टीकापुर अस्पतालमा मृत्यु भएको हो । छुरा प्रहार गरेर फरार भएका किरणलाई इलाका प्रहरी कार्यालय टीकापुरको टोलीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।