शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

निधिलाई काँग्रेस सभापतिको जिम्मा

शुक्रबार, कार्तिक १२ २०७८

काठमाडौँ l उपसभापति विमलेन्द्र निधि नेपाली कांग्रेसको कार्यवाहक सभापति बनेका छन्।

कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आफू बेलायत भ्रमणमा जानुअघि उपसभापति निधिलाई पार्टीको कार्यबाहक सभापति तोकेका हुन्।

प्रधानमन्त्री देउवा संयुक्त अधिराज्यको ग्लास्गोमा हुने संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि ९कोप–२६० पक्षको २६ औँ सम्मेलनको वर्ल्ड लिडर समिटका लागि आज बेलायत गएका छन्।

जसअनुसार उपसभापति निधिलाई कार्यवाहक सभापति तोकेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै जानकारी दिएका हुन्।

नेपाली कांग्रेसको विधान २०१७ (संशोधनसहित) को धारा २५ को उपधारा १३ बमोजिम प्रधानमन्त्री एवं पार्टी सभापति देउवा स्वदेश नफर्कुञ्जेलसम्मका लागि नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिलाई पार्टीको कार्यबाहक सभापति तोक्नु भएको विज्ञप्तिमा उल्लेख छ।