शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी खातुन पक्राउ 

शुक्रबार, कार्तिक १२ २०७८

काठमाडौँ l बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं टोखा नगरपालिका–५ बसुन्धरा बस्ने अर्घाखाँची पाणिनी गाउँपालिका–८ घर भएकी ३५ वर्षीया अप्सरा खातुनलाई बुधबार प्रहरीले पक्राउ गरेको छ  । 

उच्च अदालत पाटनको २०७७ मंसिर १६ गतेको फैसलाले ७ दिन कैद र ७३ लाख ५० हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं बुढानिलकण्ठ नगरपालिका–१० चुन्नीखेलबाट पक्राउ गरेको हो ।

खातुनले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी पीडितलाई झुक्यानमा पारी नविल बैंक लिमिटेडको चेक काटी दिएको घटनामा बैंकिङ कसूरजन्य अपराध गरेको ठहर गर्दै अदालतले उक्त फैसला गरेको हो ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत ललितपुरमा पेश गरिएको उक्त व्यूरोले जनाएको छ ।