शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

नेपाल बङ्गलादेश बैंकद्वारा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुलाई सहयोग

शुक्रबार, कार्तिक १२ २०७८

काठमाडौँ l नेपाल बङ्गलादेश बैंकले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुलाई सहयोग गरेको छ । नेपालमा बढ्दो कोभिड १९ को संक्रमण र यसबाट हुनसक्ने मृत्युबाट नेपाली जनतालाई जोगाउने प्रयासमा हातेमालो गर्दे बैंकले आफनो संस्थागत सामाजिक उत्तरदयित्व अन्तर्गत ९० भायल रेम्डिसिभिर औषधी शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुलाई सहयोग स्वरूप प्रदान गरेको हो ।

उक्त औषधी  नेपाल बङ्गलादेश बैंक लि.का प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुङ्गानाले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा अनुप बास्तोलालाई हस्तान्तरण गरेका हुन । बैंकले कोभिड १९ को संक्रमणको उच्च जोखिमको बेला शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले गरेको कार्यको सह्राना गर्दै उक्त अस्पताललाई चयन गरेको जनाएको छ । 

बैंकले सामाजिक उत्तरदायित्वलाई सधै उच्च प्राथमिकतामा राख्ने गरेको छ । बैंकले आफ्नो बङ्गलादेश स्थित साझेदार बैंक आईएफआईसी बैंक लिमिटेडसँग मिलेर आर्थिक बर्ष २०७६र७७ मा ५००० भायल तथा  २०७८र७८  मा पनि ५००० भायल रेम्डेसिभिर नेपाल सरकारलाई सहयोग स्वरूप प्रदान गरेको थियो । उक्त औषधी बङ्गलादेशका लागि नेपालका राजदूत महामहिम श्री वंशीधर मिश्रलाई ढाकास्थित नेपाली दूतावासमा  हस्तान्तरण गरिएको थियो । 

हाल बैंकले १०० शाखा, १० एक्सटेन्सन काउन्टर, तथा ८१ वटा एटिएम मार्पmत् ‘सबैका लागि बैंक’ भन्ने मूल नारा सहित सम्पूर्ण बैंकिङ्ग सुविधा दिँदै आएको छ ।