शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

बन मुद्दाका फरार प्रतिवादी पक्राउ 

शुक्रबार, कार्तिक १२ २०७८

तनहुँ,l बन मुद्दाका फरार प्रतिवादी भिमाद नगरपालिका–१ बस्ने ६५ वर्षीय गञ्ज सिङ सोती थापा मगरलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला अदालत तनहुँको २०७५ चैत १२ गतेको फैसलाले वन मुद्दामा २ महिना ५ दिन कैद सजाय र २ लाख ३३ हजार रुपैयाँ जरिवाना ठहर भई विगत ३ वर्षदेखि फरार रहेका उनलाई प्रहरीले पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत तनहुँमा दाखिला गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।