शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

नियन्त्रित लागूऔषध सहित पक्राउ 

शुक्रबार, कार्तिक १२ २०७८

काठमाडौँ l सर्लाहीको लालबन्दी नगरपालिका–१ स्थितबाट नियन्त्रित लागूऔषध एकसय एमएलको १ सय ९ बोतल विन्सिरेक्स र एकसय एमएलको १ सय ४ बोतल कोडीवेल सहित हरिवन नगरपालिका–६ बस्ने ४० वर्षीय मोहन कुमार अधिकारीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

मलंगवाबाट नवलपुरतर्फ आउँदै गरेको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय नवलपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी मोटरसाइकलमा सवार उनलाई पक्राउ गरेको हो । हाल मोटरसाइकल सहित फरार रहेका चालकको प्रहरीले खोजी गरिरेहको छ । 

रौतहटको चन्द्रपुर नगरपालिका–४ चन्द्रनिगाहपुर चोकबाट ३ हजार ट्याब्लेट नियन्त्रित लागूऔषध नाइट्राभेट सहित सर्लाही ईश्वरपुर नगरपालिका–५ पोखरीया बस्ने २२ वर्षीय रोज महमदलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पैदल आउँदै गरेका उनलाई ईलाका प्रहरी कार्यालय चन्द्रपुर र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगंजबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

थप अनुसन्धानको क्रममा ईश्वरपुर नगरपालिका–२ बस्ने ३७ वर्षीय देवेन्द्र दास समेतलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।