बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

९४ तोला चाँदी सहित पक्राउ

शुक्रबार, कार्तिक १२ २०७८

मोरङ l रतुवामाई नगरपालिका–३ छालगाछीबाट विल नभएको ९४ तोला चाँदी सहित सोही ठाउँ बस्ने ३० वर्षीय धर्बेन्द्र शर्मालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी महादेवाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त चाँदीको तार बनाई ल्याएको अवस्थामा शर्मालाई फेला पारी पक्राउ गरेको हो । 

बरामद चाँदी सहित उनलाई आवश्यक कारबाहीका लागि मुल भन्सार कार्यालय रानी विराटनगर पठाइने १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।