शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

बैकिङ कसूरमा संलग्न व्यक्ति पक्राउ’

शुक्रबार, कार्तिक १२ २०७८

काठमाडौँ l बैकिङ कसूरमा संलग्न व्यक्ति पक्राउ परेकाछन । केन्द्रिय अनुसन्धान व्युरो (सिआईबी) का अनुसार बैंकिङ कसुरको अभियोगमा सुमन खरेललाई पक्राउ गरिएको हो । 

खरेलले सिन्धु विकास बैंक लिमिटेड काभ्रे, दोलालघाट शाखाले दैनिकरुपमा संकलन हुने कारोबारबाट जम्मा भएको मौज्दात रकमलाई एन. सि. सि. बैंक सिन्धुपाल्चोक, बाह्रविसे शाखामा रहेको सिन्धु विकास बैंकको खातामा नियमित रुपमा जम्मा गर्ने गरेकोमा सिन्धु विकास बैंकको दोलालघाट शाखामा कार्यरत शाखा प्रमुखले एक करोड ७९ लाख ९० हजार आठ सय ५५ रुपैयाँ एन. सि. सि. बैंकको खातामा जम्मा नगरि आफुले रकम निकाली बैकको सम्पत्ति अपचलन गरि बैकिङ कसूर गर्ने कार्यमा संलग्न खरेललाई यही कार्तिक आठ गते पक्राउ गरि उच्च  अदालत पाटनबाट दिन ७ (सात) को म्याद थप गरि बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम आवश्यक कानूनी कारवाही भईरहेको सिआईबीले जनाएको छ ।