काठमाडौँ l सुरक्षित भविष्य भन्ने मुल नारा सहित सञ्चालनमा रहेको प्राईम लाईफ इन्स्योरेन्स कम्पनीले १५ प्रतिसत लाभांस वितरण गर्ने घोषणा गरेपछि लगानीकर्ताहरु उत्साहित देखिएका छन् ।
कम्पनीले हाल कायम रहेको चुक्ता पुंजी दुई अर्ब ४१ करोड ७० लाख ५७ हजार २३ रुपैयाँ मध्येबाट १५ प्रतिसतका दरले हुन आउने ३६ करोड २५ लाख ५८ हजार पाँच सय ५४ रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने घोषणा गरिसकेको छ ।
यसैगरी कम्पनीले कर प्रयोजनको लागि एक करोड ९० लाख ८२ हजार २९ रुपैयाँ नगद लाभांस वितरण गर्ने घोषणा गरेको छ । बोनस तथा नगद समेत गरी कम्पनीले कुल ३८ करोड १६ लाख ४० हजार पाँच सय ८३ रुपैयाँ बराबरको लाभांस वितरण गर्ने घोषणा गरेको हो । लाभांस वितरण सम्वन्धी सञ्चालक समितीको यही असोज आठ गते बसेको एक सय ४८ औं बैठकले गरेको निर्णय नियमनकारी निकाय बीमा समितीको स्वीकृती एवं कम्पनीको आगामी बार्षिक साधारण सभाले पारित गरेपछि कार्यान्वनमा आउने छ ।
कम्पनीले आर्थिक बर्ष २०७७–०७८ मा ३० करोड ८२ लाख ८२ हजार रुपैयाँ मुनाफा कमााएको छ । अघिल्लो आ.व.मा भने कम्पनीको यस्तो नाफा २९ करोड ८५ लाख ६४ हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुंजी दुई अर्ब ४१ करोड ७० लाख ५७ हजार रुपैयाँ रहेको कम्पनीको प्रति शेयर आम्दानी १२ रुपैयाँ ७५ पैसा रहेको छ । यस अवधिमा कम्पनीको प्रति शेयर नेटर्वथ भने एक सय ३५ रुपैयाँ सात पैसा रहेको छ ।