काठमाडौं। शेरबहादुर देउवा नेतृत्वको सरकारका खानेपानी मन्त्री उमाकान्त चौधरीले कर्मचारी सरुवादेखि नियुक्तिसम्ममा पैसा मागेर आतंक मच्चाएका छन्।
ग्रामिण खानेपानी र खानेपानी संस्थानमा नियुक्ति खान माओवादीका डीपी चापागाईं, झलनाथ खनाल निकट अर्जुनबहादुर ढकाल, त्रिदेश श्रेष्ठ, दिलिप झा लागिपरेका छन्।
उनीहरूसहित दुग्ध विकास संस्थान र युएन पार्कबाट भर्खर रिटायर्ड भएका महाप्रबन्धकसँग पनि नियुक्तिका विषयमा रकम माग गरेको आरोप चौधरीलाई लागेको छ।
चौधरी कांग्रेसमा कृष्णप्रसाद सिटौलाको कोटाबाट मन्त्री भएका हुन्। स्वास्थ्य मन्त्री हुँदा पनि सरुवा बढुवामा मनोपोली गरेका कारण उनको आलोचना भएको थियो।
अहिले खानेपानी मन्त्री रहेका बेला विभागका डिजीदेखि जिल्लाका कतिपय खानेपानी कार्यालयका इन्जिनियरको सरुवाको तयारी भएको छ। मोटो रकम दिनेलाई मात्र प्रमुख बनाउने खेलमा चौधरी रहेको स्रोतले जनायो।