शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

संघियताको पहिलो अभ्यास नै अस्थिर, बागमतीमा तेस्रो पटक नयाँ सरकार

बिहिबार, कार्तिक ११ २०७८

काठमाडौं । बागमती प्रदेशले आज तेस्रो नयाँ मुख्य मन्त्री पाउने भएको छ । ५ वर्षे अवधीमा तेस्रो पटक बागमतीको सरकार परिवतर्न हुन लागेको हो ।  

मुख्यमन्त्रीमा एकीकृत समाजवादीका राजेन्द्र पाण्डेको दाबी पेश भएसँगै प्रदेश प्रमुख यादवचन्द्र शर्माले  पाण्डेलाई आज दिउसो मुख्य मन्त्रीका रुपमा सपथ खुवाउने तयारी भएको छ ।

प्रदेश प्रमुख सचिवालयका अनुसार पाण्डेलाई अपरान्ह ३ बजे सपथ खुवाउने तयारी गरिएको छ ।

गठबन्धनका तर्फबाट ५९ जना सांसदको समर्थनसहित पाण्डेले  प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष दाबी पेश गरिसकेका छन् ।

शर्माले आज दिउँसो ३ बजेसम्म दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री दाबी पेश गर्न प्रदेशसभा सदस्यलाई आह्वान गरेका छन् । सोही बमोजिम पाण्डेले हिजै दाबी पेश गरिसकेका छन् ।  ११० सदस्यीय प्रदेशसभामा बहुमतका लागि ५६ जना सांसद चाहिनेमा गठबन्धनले ५९ जना सांसदको हस्ताक्षर बुझाएको हो । 

गठबन्धनमा माओवादी केन्द्रका २३, कांग्रेसको २२, एकीकृत समाजवादीका १३ र जसपाका एक जना प्रदेश सांसद छन्।
मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेपछि निकासकालागि भन्दै उनले हिजै राजिनामा बुझाइसकेकी छन् ।