शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

कांग्रेस निर्वाचन समितिको प्रस्ताव : महाधिवेशन मंसिर २७ देखि ३० गतेसम्म

बिहिबार, कार्तिक ११ २०७८

काठमाडौँ l नेपाली कांग्रेसको मंसिर ९ देखि १३ गतेसम्म गर्ने भनिएको महाधिवेशन सर्ने भएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिले महधिवेशनलगायत स्थानीयदेखि प्रदेश अधिवेशनसम्मको कार्यतालिका परिवर्तन गर्न प्रस्ताव गरेको छ ।

निर्वाचन समितिले महधिवेशन आगामी मंसिर २७ गतेदेखि २९ गतेसम्म काठमाडौँमा महाधिवेशन गर्न प्रस्ताव गरेको निर्वाचन समितिका संयोजक महादेव यादवले जानकारी दिए ।

यादवका अनुसार बाँकी रहेका वडा अधिबेशन कात्तिक २७ गते, स्थानीय तह अधिवेशन कात्तिक ३० गते, प्रदेश निर्वाचन क्षेत्र अधिवेशन मंसिर ३ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन मंसिर ६ गते, जिल्ला अधिवेशन मंसिर १०, प्रेदेश मंसिर १६ र १७ मा र महाधिवेशन मंसिर २७ देखि २९ गर्ने कार्यतालिका प्रस्ताव गरिएको छ ।

मंगलबार भएको पदाधिकारी बैठककले निर्वाचन समितिलाई महाधिवेशन कार्यतालिकाको प्रस्ताव ल्याउन निर्देशन दिएको थियो । सोही निर्देशन अनुसार समितिले कार्यतालिका प्रस्ताव गरेको हो ।