शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

नेकपा एसका ३३५ नेताले पाए नयाँ जिम्मेवारी, कसलाई के ? (सूचीसहित)

बिहिबार, कार्तिक ११ २०७८

काठमाडौँ l नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले पार्टीका विभिन्न विभाग र किमिटीहरुमा जिम्मेवारी तोकेको छ । ३३५ नेतालाई भूगोल र विभागको जिम्मेवारी दिएको सो पार्टीले केन्द्रीय सचिवालय कार्यालय र आयोगहरूलाईसमेत पूर्णता दिएको जनाएको छ । 

केन्द्रीय कमिटी बैठकपछि अन्तरपार्टी निर्देशन जारी गर्दै सो पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले प्रदेश कमिटीका पदाधिकारीसमेतको टुंगो लागेको जानकारी दिए । 

कार्य विभाजनमा माधवकुमार नेपालले अध्यक्षको नाताले समग्र पार्टीको नेतृत्व गर्ने जिम्मेवारी पाएका छन् । झलनाथ खनाललाई सम्मानित नेताको पद तथा विदेश विभाग प्रमुखको जिम्मेवारी दिइएको छ ।

मुकुन्द न्यौपाने तेस्रो वरीयतामा छन् भने उद्योग, वाणिज्य विभाग प्रमुखको जिम्मेवारी पाएका छन् । प्रदीप नेपाल पार्टी सम्बद्ध प्रतिष्ठानहरूको इञ्चार्ज तोकिएका छन् ।

त्यसैगरी, उपाध्यक्ष राजेन्द्र पाण्डेले राजकीय मामिला विभाग प्रमुख, प्रमेश हमालले स्कूल विभाग प्रमुख र बेदुराम भुसाल सङ्गठन विभाग प्रमुख तोकिएका छन् ।

तोक्यो सात प्रदेश इञ्चार्ज

नेकपा (एकीकृत समाजवादी) ले सातै प्रदेश सातै प्रदेश कमिटी गठन गरेको छ । प्रदेश कमिटीमा सो पार्टीले इञ्चार्ज, सहइञ्चार्ज, अध्यक्ष, उपाध्यक्ष २, सचिव र उपसचिव मनोनयन गरेको छ ।

जसमध्ये प्रदेश–१ को इञ्चार्ज घनेन्द्र बस्नेत तोकिएका छन् भने प्रदेश–२ को इञ्चार्ज धर्मनाथप्रसाद साह, वागमतीमा केदार न्यौपाने, गण्डकीमा केशवलाल श्रेष्ठ, लुम्बिनीमा भावत विश्वासी, कर्णाली प्रदेशमा प्रकाश ज्वाला र सुदूरपश्चिममा गरिमा साह इन्चार्ज तोकिएका छन् ।

हेर्नुस् कार्यविभाजन

कार्यविभाजन तालिका हेर्न यहाँ क्लिक गर्नुहोस