काठमाडौँ l नेप्से बढेको छ । आज बुधबार नेप्से १८ दसमलव छ अंकले बढेर २७ सय ६९ दसमलव १३ अंकमा पुग्दा सेन्सिटिभ पनि शुन्य दसमलव ४९ अंकले बढेर पाँच सय १६ दसमलव ५६ अंकमा चढेको छ ।
दुई सय २८ वटा कम्पनीहरुको ७५ हजार छ सय १२ पटकको कारोवारमा एक करोड १५ लाख ९२ हजार दुई सय ३५ कित्ता सेयर खरिद बिक्री भएकाछन भने कुल सेयर कारोवार रकम छ अर्ब ६१ करोड २६ लाख ४८ हजार आठ सय ४० रुपैयाँ पुगेको छ ।
१३ वटा समुहको कारोवार हुंदा चार वटा समुहले गुमाएकाछन भने आठ वटा समुहले कमाएकाछन । लगानी समुहको सुचक भने आज स्थिर देखिएको छ । आज बाँणिज्य बैक समुहको सुचक १३ दसमलव २६ अंकले बढेर १९ सय एक दसमलव ५५ अंकमा पुुगेको छ भने निर्जिवन बीमा समुहको सुचक पनि एक सय ७८ दसमलव २३ अंकले बढेर १२ हजार चार सय ८९ दसमलव १९ अंकमा पुगेको छ ।
यसैगरी फाईनान्स, जीवन बीमा, ट्रेडिङ, अन्य, लघुबित्त र सामुहिक लगानी कोष समुहहरुको सुचक पनि बढेका छन । बिकास बैक, जलबिद्युत, होटल तथा पयर्टन र उत्पादनमुलक समुहको सुचक भने आज घटेका छन ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा बेष्ट फाईनान्स पहिलो स्थानमा परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा एभरेष्ट बैकको कन्र्भटेवल प्रिफरेन्स परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने नबिल बैंक पहिलो स्थानमा परेको छ ।