शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

६ सय बढी पालिकामा एमालेको अधिवेशन सम्पन्न, अधिकांसमा सर्वसम्मत नेतृत्व चयन

बुधबार, कार्तिक १० २०७८

काठमाडौं । नेकपा एमालेले देशैभर एकसाथ पालिका अधिवेशन गरेको छ । मंगलबार ६ सयभन्दा बढी पालिकामा भएको अधिवेशनमा अधिकांस पालिकामा सर्वसम्मत नेतृत्व चयन भएको एमालेले जनाएको छ ।  

केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले  अधिकांश पालिकामा सर्वसम्मत भएको जानकारी दिए । उनका अनुसार ६ सयभन्दा बढी पालिकाको अधिवेशन सकिएको रिर्पोट केन्द्रीय कार्यालयमा आएको छ ।  

७५३ पालिकामध्ये केहीमा भने बाढीपहिरोका कारण अधिवेशन सरेको छ ।

यसअघि कात्तिक ६ गते एमालले एकैसाथ वडा अधिवेशन गरेको थियो । बाँकी रहेका वडा र पालिकामा छिट्टै अधिवेशन गर्ने एमालेको तयारी छ ।