काठमाडौं । पाकिस्तानले आईसीसी टी ट्वान्टी विश्वकप क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ । सारजाहमा भएको खेलमा न्युजिल्याण्डलाई ५ विकेटले पराजित गर्दै पाकिस्तानले लगातार दोस्रो जित निकालेको हो । यस अघि पहिलो खेलमा पाकिस्तानले भारतलाई १० विकेटले हराएको थियो ।
न्युजिल्याण्डले भने हारबाट विश्वकपको सुरुआत गरेको छ । न्युजिल्याण्डले दिएको १ सय ३५ रनको लक्ष्य पाकिस्तानले १८ ओभर ४ बलमा ५ विकेट गुमाएर लक्ष्य पूरा गर्यो ।
जितसँगै पाकिस्तानले २ खेलमा ४ अंक जोडेको छ । समूह २ मा रहेको पाकिस्तान शीर्ष स्थानमा छ। न्युजिल्याण्ड अंक विहीन छ।