शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

पेस्तोल र गोली बरामद

बुधबार, कार्तिक १० २०७८

काठमाडौं l काठमाडौं महानगरपालिका–२६ कपुरधारा डेरा गरी बस्ने सोलुखुम्बु साबिक देउसा गाविस–४ घर भएका ३४ वर्षीय मिलन कुमार राईको कोठाबाट १ थान पेस्तोल, सोही पेस्तोलको ४ राउण्ड गोली, २ थान म्याग्जिन, १ थान खुकुरी, विभिन्न किसिमका छाप तथा कागजपत्रहरु सोमबार दिउँसो प्रहरीले बरामद गरेको छ । 

बिगत सात महिनादेखि मिलन सम्पर्कमा नआएपछि प्रहरी, जनप्रतिनिधि, स्थानीय भद्रभलादमीको रोहबरमा मिलनको कोठा विधिवत खाली गर्ने क्रममा झोलाभित्र उक्त हतियार र विभिन्न कागजपत्रहरू बरामद भएको हो ।

मिलनको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।