शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ    

मंगलबार, कार्तिक ९ २०७८

सुनसरी l बैंकिङ कसूर मुद्दाकी फरार प्रतिवादी धरान उपमहानगरपालिका–३ बस्ने ३८ बर्षीया रानी कुमारी साहलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । 

उच्च अदालत मोरङको २०७६ माघ ६ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा १ महिना कैद तथा ५ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेकी उनलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनकै गाउँघरमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । 

उनलाई जिल्ला अदालत सुनसरीमा उपस्थित गराइएकोमा कैद भुक्तानका लागि कारागार चलान गरिएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।