काठमाडौँ l मोरङको केराबारी गाउँपालिका–३ स्थित बसना खोलामा सोही ठाउँ बस्ने ३५ वर्षीय ईन्द्र बहादुर तामाङ आइतबार मृत अवस्थामा फेला परेका छन् ।
चितवनको ईच्छाकामना गाउँपालिका–५ दुई नम्बर पुलस्थित पुलको मुनी हाल नाम, थर, वतन नखुलेका पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी चितवनको भरतपुर महानगरपालिका–२७ भंगरीस्थित नारायणी नदीको बिच भङगालोमा हाल नाम, थर, वतन नखुलेका करिब ५० वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।