बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

भरुवा बन्दुक सहित पक्राउ    

मंगलबार, कार्तिक ९ २०७८

रुकुम पश्चिम l बाँफिकोट गाउँपालिका–१० बस्ने ५८ वर्षीय चन्द्र बहादुर वलीलाई भरूवा बन्दुक सहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

घरायसी झगडामा मादक पदार्थ सेवन गरी वलीले आफ्नै छोरालाई गोली प्रहार गरेको तर नलागेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमबाट खटिएको प्रहरीले उनलाई भरूवा बन्दुक सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।