बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

६ वर्षीया बालिकालाई करणी गर्ने खोरमा

मंगलबार, कार्तिक ९ २०७८

उदयपुर l ६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा त्रियुगा नगरपालिका–८ साईखोला बस्ने सप्तरी सप्तकोशी नगरपालिका–१ फत्तेपुर खोरिया टोल घर भएका २० वर्षीय दिलु रोक्कालाई प्रहरीले पक्राउ गरेको छ । 

रोक्काले ती बालिकालाई शनिबार साँझ जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले आइतबार बिहान उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।