कास्की l पोखरा महानगरपालिका–३२ मजुवा नाकाबाट १ केजी ५ सय ग्राम अवैध लागूऔषध चरेस सहित धादिङ गजुरी गाउँपालिका–३ वालसिंह बस्ने १८ वर्षीय किशोरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरीले बा.२६ प ४९९९ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकल चालक ती किशोरलाई उक्त परिमाणको चरेस सहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी, पोखरा महानगरपालिका–३० पावरहाउस स्थितबाट २ केजी अवैध लागूऔषध गाँजा सहित रुपा गाउँपालिका–१ थुम्की बस्ने २५ वर्षीय किसान श्रेष्ठलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
वडा प्रहरी कार्यालय गगनगौंडाबाट खटिएको प्रहरीले ग.१ ख ७४०१ नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त परिमाणको गाँजा सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।