काठमाडौँ l कैलाली जिल्लाको गोदावारी नगरपालिका १ स्थित अत्तरिया चोकबाट कार्तिक ७ गते सशस्त्र प्रहरीले करीव ३ लाख १२ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।
भारतबाट अवैध रुपले ल्याउँदै गरेको उक्त लत्तापकडा सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण कैलालीबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद लत्ताकपडा भन्सार कार्यालय त्रिनगरमा बुझाईएको छ । यसैगरी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट सरमजुवाबाट खटिएको सशस्त्र प्रहरीले कार्तिक ७ गते करीव २ लाख ५० हजार रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरेको छ ।
विरगंजबाट जयनगरतर्फ जाँदै गरेको यात्रुवाहक बसमा राखेर लैजाँदै गरेको उक्त लत्ताकपडाको बिल विजक नभेटिएपछि रौतहट जिल्लाको बौद्धिमाई नगरपालिका ८ स्थित सरमजुवाबाट बरामद गरिएको हो । यसैगरी झापा जिल्लाको भद्रपुर नगरपालिका ४ डांगीस्थित सीमा ईलाकाबाट कार्तिक ७ गते सशस्त्र प्रहरीले करीव २ लाख ३२ हजार रुपैयाँ बराबरको चोरीपैठारीको टि–सर्ट बरामद गरेको छ ।
भन्सार छली अवैध रुपले ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल फरवार्ड सुरक्षा वेश डांगीवारीबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद लत्ताकपडा भन्सार कार्यालय भद्रपुरमा बुझाईएको छ ।