शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

झापाबाट ओलीको आह्वान

आइतबार, कार्तिक ७ २०७८

झापा– नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाबाट दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई परास्त गर्न सिंगो पार्टीलाई आह्वान गरेका छन् l

तीन दिने झापा भ्रमणका क्रममा आइतबार बिहान झापा आइपुगेका उनी पारिवारिक भेटघाटपछि पार्टी प्रवेश कार्यक्रममा सहभागी भएका छन् ।

सो क्रममा उनले दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई परास्त गर्नुपर्नेमा जोड दिएका छन् ।

‘जनताको बहुदलीय जनवादको मार्गदर्शनमा समाजवादको आधार तयार गरौँ’ भन्ने नाराका साथ आयोजित कार्यक्रममा विभिन्न पार्टीमा सक्रिय रहेका नेता कार्यकर्ताहरूलाई एमाले प्रवेश गराइएको छ ।

करिब तीन हजार जना सहभागी कार्यक्रमा ओलीको उपस्थितिमा सुवास नेम्वाङ, लेखराज भट्टले टीका लगाएर नवप्रवेशीलाई स्वागत गरेका छन् । कार्यक्रममा साढे पाँच हजार जना एमालेमा प्रवेश गरेको जानकारी दिइयो ।