शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

१७ जुवाडे प्रहरीको फन्दामा

आइतबार, कार्तिक ७ २०७८

काठमाडौँ l धादिङको थाक्रे गाउँपालिका–७ जुगेखोलास्थित ऋषि सुबेदीको चिया पसलमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४० वर्षीय रामेश्वर कुँवर लगायत ९ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उक्त पसलमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय खानीखोला र प्रहरी चौकी महादेवबेशीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ४५ हजार रुपैयाँ र तास सहित फेला पारी पक्राउ गरेको हो ।

पर्वत, कुश्मा नगरपालिका–७ खरेहा बस्ने गोबिन्द अधिकारीको घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ५६ वर्षीय जित बहादुर सुनार लगायत ८ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उनको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले उनीहरुलाई ९ लाख ५८ हजार ७ सय ४१ रुपैयाँ र ४ बुक तास सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।