काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले सहज जित निकालेको छ । गएराति भएको खेलमा सिटीले ब्राइटनलाई ४ १ गोल अन्तरले पराजित गरेको हो ।
सिटीको जितमा फिल फोडेनले दुई गोल गरे । इल्के गुन्डोगान र रियाद महरेजले एक एक गोल गरे । ब्राइटनका एलेक्सिस माकले एक गोल फर्काए ।
खेलको इन्जुरी समयमा महरेजले गोल गर्दै सिटीलाई ४ १ को जित दिलाएका हुन् ।
जितसँगै सिटीले ९ खेलमा २० अंक जोडेको छ । सिटी लिगको दोस्रो स्थानमा रहेको छ भने ब्राइटन १५ अंक जोडेर चौंथो स्थानमा पुगेको छ ।