काठमाडौं । इंग्ल्यान्डले आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा विजयी सुरुआत गरेको छ । दुबईमा गएराति भएको खेलमा साविक विजेता वेस्ट इन्डिजलाई ६ विकेटले पराजित गर्दै इंग्ल्यान्डले सुखद सुरुआत गरेको हो ।
यो सँगै इंग्ल्यान्डले पहिलो पटक टी ट्वान्टी विश्वकपमा वेस्ट इन्डिजलाई हराउन सफल भएको छ ।
वेस्ट इन्डिजले दिएको ५६ रनको सामान्य लक्ष्य इंग्ल्यान्डले ८ ओभर २ बलमा ४ विकेट गुमाएर पूरा गर्यो ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले १४ ओभर २ बलमा अलआउट हुँदै ५५ रन बनाएको थियो । वेस्ट इन्डिजलाई सस्तैमा समेट्न इंग्ल्यान्डका आदील राशिदले ४ विकेट लिए ।
मोइन अली र टेमल मिल्सले २ २ विकेट लिए । क्रिस वोक्स र क्रिस जोर्डनले १ १ विकेट लिए ।
जितसँगै सुपर १२ को समूह १ मा रहेको इंग्ल्यान्डले २ अंक जोडेको छ । इंग्ल्यान्ड समूहको शीर्ष स्थानाम छ ।
वेस्ट इन्डिजले भने हारबाट प्रतियोगिताको सुरुआत गरेको छ ।
यसअघि अस्ट्रेलियाले पनि प्रतियोगितामा विजयी सुरूवात गरेको छ ।