बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

कामनाको १९.४७ % लाभांश सुरक्षित गर्ने सोमबार अन्तिम दिन

शनिबार, कार्तिक ६ २०७८

काठमाडौं । कामना सेवा विकास बैंकले प्रस्ताव गरेको १९ दशमलव ४७ प्रतिशत लाभांश सुरक्षित गर्ने सोमबार अन्तिम दिन रहेको छ ।

यस वर्ष कम्पनीले मा १८ दशमलव ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ९७ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । 

कम्पनीले हाल कायम चुक्ता पुँजी २ अर्ब ६५ करोड रुपैयाँ रहेको छ । प्रस्तावित १८.५० प्रतिशत बोनस सेयर पछि बैंकको चुक्ता पुँजी ३ अर्ब १४ करोड रुपैयाँ नाघ्ने छ ।

बैंकले आगामी कार्त्तिक २३ गते १५औं वार्षिक साधारणसभा गर्ने निर्णय गरेको छ । बैंकको असोज २५ गते बसेको सञ्चालक समितिको बैठकले उक्त सभा काठमाडौंको बूढानीलकण्ठको पार्क भिलेज रिसोर्टमा बिहान १० बजे बोलाउने निर्णय गरेको हो ।

सभाले सर्वसाधरण सेयरधनीको तर्फबाट ३/३ जना गरी ६ जना सञ्चालकको निर्वाचन गर्ने लगायतका प्रस्तावहरु पारित गर्ने छ ।