काठमाडौँ l झापाको मेचीनगर नगरपालिका–६ स्थित मेची पुलबाट करिब ७ ग्राम अबैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने लिसाईलो पदार्थ सहित दमक नगरपालिका–१९ बस्ने २६ वर्षीय खगेन्द्र नेपालीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय काकरभिट्टा र लागूऔषध नियन्त्रण व्यूरो काकरभिट्टाबाट खटिएको संयुक्त प्रहरीले जाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेका खगेन्द्रलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
सुनसरीको धरान उपमहानगरपालिका–८ अटल पम्प कम्पाउन्डबाट करिब ३ ग्राम अबैध लागूऔषध खैरोहिरोइन जस्तो देखिने पदार्थ सहित सोही उपमहानगरपालिका–८ बस्ने ३५ वर्षीय बिमल भुजेल लगायत २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
अस्थाई प्रहरी पोष्ट बरगाछिबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।