शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

कुमारी बैंकको थप नयाँ शाखा 

शुक्रबार, कार्तिक ५ २०७८

काठमाडौँ l कुमारी बैंक लिमिटेडले आफ्ना शाखा सञ्जाल विस्तार गर्ने क्रममा काठमाडौँ उपत्यकामा आफ्नो नयाँ शाखा सिफल औपचारिक रुपमा संचालनमा ल्याएकोे छ । बागमती प्रदेशको काठमाडौ महानगरपालिका वडा नं. ८,  स्थिते सिफल शाखा समेत गरी बागमती प्रदेशमा कुमारी बैंकका ८४ शाखाहरु पुगेको छ ।

नयाँ शाखा कार्यालय मार्फत बैंकले ग्राहकहरूलाई अत्याधुनिक बैंकिङ सेवा सुविधाका दिने, उत्पादनशील व्यवसायमा संलग्न स्थानीय व्यक्तिलाई आफ्नो व्यवसायको वृद्धिमा वित्तीय सहयोग गर्ने प्रतिवद्धता जनाएको छ ।

विगत २० वर्ष देखी आफ्ना देशव्यापी १९६ शाखा संजाल, १७३ एटिएम, १४ विस्तारित काउन्टर लगायत ३३ शाखारहित बैंकिंग इकाईहरु मार्फत अत्याधुनिक बैंकिंग सेवादिंदै आएको छ ।