बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

एमाले स्थायी कमिटीको बैठक बस्दै, के छन् त एजेण्डा ?

बिहिबार, कार्तिक ४ २०७८

काठमाडौं । नेकपा एमालेले आज स्थायी कमिटीको बैठक बोलाएको छ । दिउँसो ३ बजे बस्ने बैठकका लागि पाँचवटा एजेण्डा तय गरिएको छ ।

असोज १५ देखि १७ मा सम्पन्न विधान महाधिवेशनको समीक्षा, कात्तिक ६ गते हुने वडा अधिवेशन, कात्तिक ९ गतेका लागि तय भएको पालिका अधिवेशन तथा मंसिरमा हुने राष्ट्रिय महाधिवेशनको विषय आजको बैठकका मुख्य एजेण्डा हुन् ।

संघिय संसदमा आफुले गरिरहेको अवरोधको विषयमा पनि बैठकमा छलफल हुने बताईएको छ ।