बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

आईसीसी टी–ट्वान्टी विश्व कप क्रिकेटमा श्रीलंकाको दोस्रो जित, आयरल्याण्ड ७० रनले पराजित

बिहिबार, कार्तिक ४ २०७८

काठमाडौं । आईसीसी टी–ट्वान्टी विश्व कप क्रिकेटमा श्रीलङ्काले  आयरल्यान्डलाई ७० रनले पराजित गरेको छ । गएराति आबुधाबीमा भएको खेलमा आयरल्यान्डलाई ७० रनले पराजित गर्दै श्रीलङ्काले लगातार दोस्रो जित निकालेको हो ।

श्रीलङ्काले दिएको १ सय ७२ रनको लक्ष्य पछ्याएको आयरल्यान्ड १८ ओभर ३ बलमा अलआउट हुँदै १ सय १ रनमा समेटियो ।  यसअघि पहिले ब्याटिङ गरेको श्रीलङ्काले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७१ रन बनाएको थियो ।

 हिजो भएको अर्को खेलमा नामिबियाले नेदरल्यान्ड्सलाई ६ विकेटले हराएको थियो ।