काठमाडौँ l आज बिहिबार नेपाल राष्ट्र बैंकले पुन १० अर्ब रुपैयाँको रिपो जारी गर्ने भएको छ । बित्तीय प्रणालीमा तरलताको अभाव देखिएपछि राष्ट्र बैंकले आज अल्पकालीन अवधिको उक्त रिपो जारी गर्न लागेको हो ।
रिपोको परिपक्व हुने अवधि सात दिन अर्थात यही कार्तिक ११ गते तोकिएको छ । रिपो खरिदको लागि बाँणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीहरुले आज बिहिबार अपरान्ह तीन बजेसम्म बोलपत्र पेस गर्नुपर्ने छ ।