शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

अवैध लागूऔषध ब्राउनसुगर सहित पक्राउ 

बुधबार, कार्तिक ३ २०७८

झापा l बिर्तामोड नगरपालिका–९ स्थित रिद्धीसिद्धि प्लाई फ्याक्ट्री छेउबाट करिब ९ ग्राम अवैध लागूऔषध ब्राउनसुगर र डिजिटल तराजु सहित बिर्तामोड नगरपालिका–९ बस्ने ३४ वर्षीय जगदिश ओलीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो । 

प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरीले उनलाई जाँच गर्ने क्रममा उनको साथबाट उक्त ब्राउनसुगर फेला पारी पक्राउ गरेको हो । उनी उपर ईलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भइरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।